३३ किलो सुन प्रकरणः यूएई बसेर नेपाल सुन पठाउने खड्का पक्राउ

काठमाडौं, माघ २२ । ३३ किलो सुन प्रकरणमा संलग्न रहेको आरोपमा हरि खड्का पक्राउ परेका छन् । उनलाई युएई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार दुबई बसेर नेपालमा सुन पठाउने गरेको अनुशन्धानमा देखिएपछि खड्का विरुद्ध इन्टरपोल मार्फत पक्राउ नोटिस जारी भएसँगै उनी पक्राउ परेका हुन्।

उनी पक्राउ परेको अनौपचारिक सूचना प्राप्त भएपनि औपचारिक रुपमा पुष्टि हुन बाँकी रहेको प्रहरी प्रवक्ता उत्तम सुवेदीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!