पूर्वकप्तान म्याकलमले लिए बीबीएलबाट सन्यास

एजेन्सी । न्यूजिल्याण्डका पूर्वकप्तान ब्रेन्डम म्याक्लमले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टी–२० क्रिकेट लिगबाट संन्यास लिएका छन् । उनले शुक्रबार अन्तिम खेल खेल्दै बीबीएलबाट संन्यास लिएको घोषणा गरेका हुन् । म्याक्लमले ८ वर्षदेखि बीबीएल खेलिरहेका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट भने उनले २०१६ मै संन्यास लिइसकेका थिए । म्याक्लमले संन्यासपछि बीबीएल बाहेक अन्य टी–२० लिगबाट भने खेल्ने बताए । उनलाई यो वर्ष इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनमा भने कुनै पनि टोलीले भित्र्याएनन् । म्याक्लम बीबीएलमा ब्रिसबेन हिटबाट खेल्ने गर्दथे । उनी अब क्रिकेट प्रशिक्षकको भूमिका निर्वाह गर्न अगाडि बढ्ने छन् ।

 सन्यास लिएको घोषणा गरेपछि ३७ वर्षीय म्याक्लमले भने, ‘अब म प्रशिक्षकको करियर पनि शुरु गर्दैछु । मैले जुन कुरा सिकेको छु, मसँग जुन अनुभव छ, त्यसलाई नयाँ खेलाडीलाई बाँड्न म तयार छु । र, यो निर्णयप्रति म खुसी छु ।’

आइतबार म्याक्लमले ब्रिसबेन हीटका आफ्ना साथीहरुसँग सन्यासको निर्णय सुनाएका थिए । त्यसक्रममा उनले भने, ‘मलाई हीटको लागि खेल्दा रमाइलो महसुस भयो । आफू यो टोलीमा रहँदा असाध्यै खुसी र आनन्द लाग्यो ।’ उनले अगाडि थपे, ‘मलाई ब्रिसबेनको कप्तानी गर्ने मौका पनि मिल्यो । टोलीको प्रशंसक अत्यधिक धेरै छन् । र, मलाई यो सबै देखेर धेरै खुसी लाग्छ ।’

ब्रिसबेनले यो सिजनमा खासै उत्कृष्ट प्रदर्शन गर्न सकेन । उसले १३ खेल खेल्दा ५ मा जीत र ७ मा हार बेहोर्दै अंक ताकिलाको छैटौं स्थानमा छ । अब ब्रिसबेनले एक खेल खेल्न बाँकी छ । प्लेअफमा पुग्ने सम्भावना भने उसको समाप्त भइसकेको छ । ब्रिसबेनको कप्तान क्रीश लिन हुन् ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!