बालिका अपहरण गर्ने गुप्ता पक्राउ

काठमाडौ‌, माघ २२ । प्रसूति गृहमा कार्यरत चिकित्सक बबिता शाहकी २ वर्षीया छोरी सन्दिज्ञलाई अपहरण गर्ने जनकपुरका मनिषकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति महोत्तरीको भित्तामोडमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिए । उनलाई अहिले काठमाडौं ल्याउन लागिएको जानकारी दिँदै उनले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने बताए । गुप्ताले यही माघ ११ गते काठमाडौँको कोटेश्वरस्थित घरबाट ती बालिकालाई अपहरण गरेका थिए।

गुप्ताका परिवारले जनकपुरमा पैसा बुझेपछि उनले सोही दिन तिलगंगास्थित गणेश होटल अगाडि बालिका छाडेर फरार भएका थिए । पैसा उनकी पत्नी अर्चना गुप्ताले लिएको पाइएपछि प्रहरीले उनलाई सोही दिन पक्राउ गरेर मुद्दा दर्ता गर्नाका साथै अनुसन्धान जारी राखेको छ । उनी हाल परिसरको हिरासतमा छिन् । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!