बैंकको चर्को ब्याजविरुद्ध व्यवसायी

नेपालगन्ज, माघ २२ । बैंक तथा वित्तीय क्षेत्रले लगाएको चर्को ब्याजदरका विरुद्ध नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाइमा सोमबार बिहान यहाँका उद्योगी, व्यवसायीहरूले प्रदर्शन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत अर्थमन्त्री र नेपाल राष्ट्र बैंक नेपालगन्जमार्फत गर्भनरलाई उत्पादनमूलक उद्योगीलाई प्रवाह भएको ऋणमा प्रकृति हेरी अधिकतम ७ प्रतिशतसम्म र व्यावसायिक क्षेत्रमा ८ प्रतिशतमा नबढाइ ब्याजदर कायम गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।संघले बैंकले प्रवाह गर्ने कर्जामा कम्तीमा ५० प्रतिशत उत्पादनमूलक उद्योगमा सरल तरिकाले लगानी गर्ने व्यवस्था गर्न माग गर्दै संघको कार्यालय त्रिभुवन चोकबाट सुरु भएको ¥याली धम्बोझी चोकस्थित नेपाल राष्ट्र बैंक पुगेर नेपालगन्ज कार्यालयका निर्देशक विमलराज खनाललाई ज्ञापनपत्र बुझाएको थियो ।

संघका अध्यक्ष नन्दलाल वैश्यले ज्ञापनपत्र बुझाउँदै बैंकको नियमन गर्ने निकायबाट ब्याजदर नियन्त्रण गर्ने अपेक्षा गरेको बताए ।

कमेन्ट गर्नुहोस्