प्रचण्ड भन्छन्, ‘क्रिकेट खेलाडीले विश्वमा नेपालको इज्जत बढाए’

काठमाडौं, माघ २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमा नेपालको सम्मान र इज्जत बढाएको बताएका छन्।

ऐतिहासिक जित हासिल गरेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मंगलबार खुमलटारस्थित आफ्नै निवासमा राष्ट्रिय टीमका खेलाडीलाई बधाई दिँदै उनले नेपालको ऐतिहासिक जीतले खुसी भएको बताए।

देश समृद्धिको यात्रामा अघि बढेको बेला राष्ट्रिय एकतालाई मजबुत गर्न क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भूमिका खेलेको उनको भनाई थियो ।

प्रचण्डले राज्यले खेल क्षेत्रलाई विशेष महत्व दिएको र चितवनमा बन्ने स्टेडियमबाट क्रिकेट खेलको विकासमा झन योगदान पुग्ने उनले बताए। अध्यक्ष प्रचण्डलाई भेट्न नेपाली राष्ट्रिय टोलीका खेलाडीहरु खुमलटार पुगेका थिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!