एनआरएन युएईको आयोजनामा रक्तदान कार्यक्रम

युएई,माघ २२। “रक्तदान जिवनदान,रक्त दान गरौ खुशी बाँडौ”भन्ने मुल नाराका साथ गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद यूएईको आयोजनामा आउँदो शुक्रवार फेब्रुअरी ८ तारीख दुबईमा रक्तदान कार्यक्रम हुने भएको छ।

लतिफा अस्पताल दुबईको प्रधिबिधिक सहयोगमा हुन लागेको कार्यक्रममा युएईमा कार्यरत धेरै नेपालीको सहभागीता रहने आयोजकले जानकारी दिएका छन्।

शुक्रबार बिहान ८ बजे देखि ११ बजे सम्म लतिफा अस्पतालमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएर स्वैच्छिक रूपमा रक्तदान गरिदिन एनआरएन युएईले अनुरोध गरेको छ।

एनआरएन यूएईले पुष र माघ महिनालाई स्वास्थ्य सचेतना अभियानका रुपमा घोषणा गरेसंगै सोही अनुसार आगामी शुक्रबार रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको बताएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!