ओहो ! फेरि कतिले बढ्यो सुनको भाऊ ?

काठमाडौं, माघ २२ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

सोमबार बजारमा सुन तोलामा ६२ हजार ५ सय रुपैयाँमा कारोबारमा भएको थियो भने आज फेरि बढेर सुन तोलामा ६२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, सोमबार तेजावी सुन तोलामा ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर ६२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।

सोमबार चाँदी तोलामा ७८० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी तोलामा ७८५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!