प्रदेशसभाको एकवर्षः २३ कानून निर्माण

धरान, माघ २२ । प्रदेश नं १ को प्रदेशसभाको एक वर्षको अवधिमा २३ विधेयक पारित भएका छन् ।

सात विधेयक पाइलाइनमा रहेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । प्रदेशसभाको २२३ दिनको अवधिमा जम्मा ७४ दिनमा ९७ पटक बैठक बसेको प्रदेश सचिवलायले जनाएको छ । समयको हिसाबले जम्मा ८८ घण्टा ३३ मिनेट संसद् बैठक बसेको थियो ।

संघबाट लोकसेवा, प्रहरी, शिक्षालगायतका ऐन बेलामा नबन्दा कानून बाझिने भएकाले थप कानून निर्माणमा अवरोध भएको सभामुख भण्डारीले बताए । प्रदेश १ बाट सबैभन्दा बढी कानून पारित भएको उनको भनाइ थियो । हालसम्मका ९७ बैठक तथा २३ कानून पारित गर्दा कुनै विवाद नभएको र बैठकसमेत एकै दिन पनि अवरोध नभएको सचिवालयले जनाएको छ ।

प्रदेश नं १ मा जम्मा ९३ प्रदेशसभा सदस्य रहेका छन् । जसमध्ये नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ६७, (पूर्व एमाले ५१, पूर्वमाओवादी केन्द्र १६) नेपाली काङ्ग्रेस २१, संघीय समाजवादी फोरम नेपाल तीन, राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक–एक रहेका छन् । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!