कप्तान खड्का भन्छन्, ‘कीर्तिपुर मैदानमा वान्डे म्याच हेर्न पाउनु हुनेछ’

काठमाडौं, माघ २१ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेटप्रेमीले कीर्तिपुरको मैदानमा नै वान्डे खेल हेर्न पाउने बताएका छन्।

यूएईविरुद्धको एकदिवसीय र टी–२० सिरिज जितेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कप्तान खड्काले यस्तो बताएका हुन् । उनले नेपालमा नै अन्तर्राष्ट्रिय एकदिवसीय खेल हुने सम्भावना रहेको जानकारी दिए ।

कप्तान पारसले भने, ‘आइसिसीको प्रतिनिधि आउँदै हुनुहुन्छ, त्रिवि ग्राउन्डको विश्लेषण गर्न। त्यो ग्राउन्ड ठीक मिल्यो भने आगामी दिनमा नेपाली फ्यानहरूले कीर्तिपुरमा पनि ओडिआई म्याच हेर्न पाउनुहुनेछ।’

कप्तान पारसले युएईविरुद्ध नेपाली खेलाडीहरूको प्रदर्शन राम्रो रहेको र यसलाई नियमितता दिन चाहेको बताए। उनले टिममा सबै युवा भएकाले पनि यसलाई अझै निखारेर लैजाने र प्रदर्शन राम्रो बनाउनेमा आफू आशावादी रहेको बताए। त्यस्तै, कप्तान खड्काले धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा बनाउने घोषणा गरेको क्रिकेट रंगशाला बनिदेओस् भन्ने चाहना रहेको बताए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!