रूकुममा साढे तीन वर्षीया बालिका बलात्कृत

रूकुम, माघ २१ । रुकुमको एक गाउँमा साढे तीन वर्षीया नाबालिका माथि बलात्कार भएको छ । नाबालिकालाई बलात्कार गरेको अभियोगमा एक व्यक्ति पक्राउसमेत परेका छन् ।

नाबालिका बलात्कारको अभियोगमा सिस्ने गाउँपालिका-५, का ३१ वर्षीय मदन भनिने भरत गौतमलाई रूकुम पूर्व प्रहरीले पक्राउ गरेको छ।

सोमबार दिउँसो १ बजे नाबालिकालाई बलात्कार गर्ने क्रममा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अन्य साथीभाइसँगै बसिरहेका गौतम पिसाव गर्न भन्दै हिँडेका थिए ।

गौतम हिँडेकै ठाउँतिर नाबालिका रोएको सुनेपछि उनीहरु हेर्न जाँदा आपत्तिजनक अवस्थामा भेटाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऐनबहादुर मल्लले बताए । अभियुक्त गौतम र बालिकालाई स्वास्थ्य परीक्षणका लागि रुकुम पश्चिमको जिल्ला अस्पताल सल्ले पठाइएको मल्लले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!