पाकिस्तान विरुद्धको सिरिज नेपालद्वारा ‘क्लिन स्विप’

काठमाडौं, माघ २१ । घरेलु टोली पाकिस्तानविरुद्धको पाँच खेलको नेत्रहीन टी–२० सिरिज नेपालले क्लिन स्विप’ गरेको छ । आज भएको अन्तिम अन्तिम टी–२० मा पाकिस्तानलाई नौ विकेटले हराउँदै नेपालले सिरिज ४–० ले आफ्नो पक्षमा पारेको हो ।

इस्लामाबादमा पाकिस्तानले दिएको १२७ रनको लक्ष्य नेपालले १० ओभर चार बलमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जितमा मनकेसी चौधरीले ८१ रनको अर्धशतकीय इनिङ खेलिन् । उनको यो दोस्रो अर्धशतक हो । यस्तै आशा रेग्मीले ३२ रन जोडिन् ।

पहिलो र तेस्रो खेल समान १० विकेटले जितेको नेपालले चौथो खेल नौ विकेटले जितेको थियो । दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । नेपालका लागि दोस्रो अर्धशतक प्रहार गरेकी मनकेसी प्लेअर अफ् दि म्याच घोषित हुँदै २५ हजार हात पारिन् ।

यसैगरी सिरिज जितेको नेपालले एक लाख पाकिस्तानी हात पार्यो। पाकिस्तान नेत्रहीन क्रिकेट काउन्सिलको आयोजनामा भएको यस सिरिज विश्व नेत्रहीन क्रिकेट लिमिटेडबाट मान्यता प्राप्त सिरिज हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!