उपराष्ट्रपति पुनद्वारा सोनाम ल्होछारको शुभकामना

काठमाडौं, माघ २१ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले तामाङ समुदायको महान् सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा शुभकामना दिएका छन् ।

आज एक शुभकामना सन्देश व्यक्त गर्दै उपराष्ट्रपति पुनले भनेका छन्, ‘तामाङ समुदायको महान् सांस्कृतिक पर्व सोनाम ल्होछार–२८५५ स्वदेश तथा विदेशमा रहनुभएका तामाङ दिदी–बहिनी तथा दाजुभाईहरुले हर्षोल्लासका साथ मनाईरहनु भएको छ । कुकुर वर्ग (वर्ष) को विदाई र सुंगुर वर्ग (वर्ष) को स्वागत गरेर मनाइरहेको सोनाम ल्होछार–२०५५ को पावन अवसरमा सम्पूर्ण तामाङ दिदी–बहिनी तथा दाजुभाईहरु र आम नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

साथै, उनले यो पर्वले तामाङ समुदायको मौलिक संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा योगदान पु¥याउनुका साथै सम्पूर्ण नेपालीहरुका बीच आपासी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा लिएका छन् ।

उपराष्ट्रपति पुनले नेपाल राष्ट्रको पहिचान र अमूल्य निधिका रुपमा रहेका मौलिक संस्कृतिहरुको संरक्षण तथा सम्बद्र्धन गर्ने प्रमुख दायित्व राज्यको रहेको सन्दर्भमा यसतर्फ सबैको ध्यान जानुपर्ने बताएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!