राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले दिए खेलाडीलाई १०–१० हजार

काठमाडौं, माघ २१ । नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार साँझ नेपाल आइपुगेको छ । यूएईविरुद्धको एक दिवसीय र टी–२० शृङ्खला जितेर स्वदेश फर्किएको क्रिकेट टोलीको विमानस्थलमा भव्य स्वागत गरिएको छ । क्रिकेट टोलीलाई स्वागत गर्न विमानस्थल पुगेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले खेलाडी तथा अफिसियलहरुलाई सम्मानस्वरुप जनही १०–१० हजार रुपैयाँ दिएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक सफलता हात पार्दै सम्पूर्ण नेपालीहरुलाई खुशी दिएको भन्दै उनले व्यक्तिगत रुपमा विमानस्थलमै राष्ट्रिय क्रिकेट टोलीका सबै खेलाडीलाई १०–१० हजार रुपैयाँ दिएका हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विमानस्थलबाट त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषरमा लगेर सम्मान गर्ने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!