खेल्दाखेल्दै मैदानमै ढले क्रिकेटर, केही समयमा नै मृत्यु

एजेन्सी । क्लब खेलका क्रममा भारतीय मुलका एक क्रिकेटरको मृत्यु भएको छ । न्यूजिल्याण्डको डुनेडिन शहरमा भइरहेको खेलमा भारतीय मुलका ३३ वर्षीय हरीश गंगाधरनको खेल्दाखेल्दै अचानक  मृत्यु भएको हो ।

उनी त्यस खेलमा २ ओभर बलिङ गरिसकेका थिए । र, फिल्डीङ गरिरहेकै क्रममा गंगाधरन मैदानमै ढले । सँगै भएका खेलाडीले उनलाई उठाउन खोज्दासम्म गंगगाधरनले प्राण त्यागीसकेकाे समाचार भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

हरिश ग्रीन आइसल्याण्ड क्रिकेट क्लबका लागि खेल्ने गर्दथे । उनको मृत्युपछि हरीश आवद्ध क्लबका अध्यक्षले दुःख व्यक्त गर्दै भनेका छन्, ‘यो खबरले मेरो दि साह्रै दुखेको छ । उनलाई बचाउन अरसम्भव कोशिश गरेपनि बचाउन नसकिएकोमा निकै दुःखी छौं ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!