टी–२० र्‍याङकिङमा ह्वात्तै उक्लियो नेपाल, आयरल्यान्ड नेपालभन्दा ४ स्थान तल

काठमाडौं, मा २१ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाललाई समावेश गरेर पछिल्लो टी २० वरियता सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक गरेको वरियातामा नेपाल १४ औँ स्थानमा उक्लिएको छ । नेपालभन्दा पछि यूएई, हङकङ, ओमन र आयरल्यान्ड छन्।

आइतबारसम्म बरियतामै नभएको नेपालले ४ वटा टीमलाई पछि पार्दै १४ औँ नम्बरमा आफ्नो स्थान बनाएको छ। नेपालभन्दा अघि १३ औँ स्थानमा नेदरल्यान्ड, १२ औं स्थानमा जिम्वाब्बे, ११ औँ स्थानमा स्कटल्यान्ड रहेका छन्। बरियताको पहिलो नम्बरमा पाकिस्तान रहेको छ। पाकिस्तानपछि बरियताको दोस्रो नम्बरमा भारत, तेस्रो नम्बरमा साउथ अफ्रीका, चौथो नम्बरमा इङल्यान्ड, पाँचौँ नम्बरमा अष्ट्रेलिया र छैटौँ नम्बरमा न्यूजील्यान्ड छन्।

त्यस्तै बरियताको सातौँ स्थानमा वेस्टइन्डिज, आठौँमा अफगानस्तान, नबौँमा श्रृलंका र १० औँ स्थानमा बंगलादेश रहेका छन्। नेपालले एकदिवसीयको १५ नम्बरमा समेत स्थान बनाइसकेको छ। नेपालले युएई विरुद्ध तीन वटा एकदिवसीय र तीन वटा ट्वान्टीट्वान्टी खेल खेलेपछि आइसिसीले बरियाता हेरफेर गरेको हो। नेपालले दुबै फर्म्याटमा दुई–दुईवटा म्याच जितेर सिरिज नै आफ्नो पक्षमा पारेको थियो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!