नेपाली क्रिकेट खेलाडीलाई जनही पाँच लाख

काठमाडौं, २१ । यूएई विरुद्धको एकदिवसीय र टी- २० सिरिज जित्ने नेपाली क्रिकेट टोलीका खेलाडीले जनही पाँच लाख पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्रिकेट खेलाडीलाई जनही पाँच लाख दिन सिफारिसमेत गरि सकेको छ ।

‘खेलाडीहरुको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका सदस्य सचिव केशव विष्टले भने, ‘प्रत्येक खेलाडीलाई ५ लाख दिन भोलि मन्त्रालयमार्फत प्रस्ताव लैजाँदैछु ।’ नेपालले हालै मात्र यूएईसविरुद्ध एकदिवसीय र टी–२० सिरिज जितेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!