स्वदेश फर्कियो ‘पारसको पल्टन,’ विमानस्थलमा भव्य स्वागत

काठमाडौं, माघ २१ । युएईविरुद्ध एकदिवसीय र टि–२० शृंखला जितेको नेपाली क्रिकेट टोलीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । क्रिकेट टोलीलाई राष्ट्रिय खेलकुद परिषद्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको हो।

टोलीलाई स्वागत गर्न संघीय संसद राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, सांसद दिलकुमारी रावल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, राखेपकापदाकारीलगायत विमानस्थल पुगेका थिए। क्रिकेटप्रेमीले खेलाडीका नाममा विभिन्न नारा लगाएका थिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!