शाकिबको ढाका बीपीएलको सेमिफाइनलमा, सन्दीपकाे टोली प्लेअफबाटै बाहिरियो

काठमाडौं, माघ २१ । ढाका नाइनामाइट्स बंगलादेश प्रिमियर लिग (बीपीएल) को सेमिफाइनलमा प्रवेश गरेको छ । आज चटगाउ भाइकिङ्सलाई ६ विकेटले हराउँदै ढाका बीपीएलको सेमिफाइनलमा प्रवेश गरेको हो ।

अब ढाका कोमिल्ला भिक्टोरियन्स र रंगपुर राइडर्सको विजेतासँग फाइनलका लागि भिड्ने छ । टस जितेर पहिला ब्याटिङ गरेको चटगाउँले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो । उसका लागि मोजादिक हुसेनले ४०, क्यामरुन डेलपर्टले ३६ र सदमान इश्लामले २४ रन प्रहार गरे अन्य ब्याट्सम्यानले दोहोराे अंकसमेत जोड्न सकेनन् ।

बलिङमा ढाका सुनिल नारायाणले ४, रुबेल हुसेन र काजी ओनिकले एकएक विकेट लिए । १३६ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको ढाकाले १६.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेटायो । उसका लागि उपुल थरंगा ५०, सुनिल नारायण ३१, रोनी तालकुदार २०, नुरुल हसनले अविजीत २० र किरण पोलार्डले अविजीत ७ रनको योगदान दिए । बलिङमा चटगाउका खालिद अहमदले ३, नेइम हसनले एक विकेट लिए ।

सन्दीपको टोली प्लेअफ पुग्न सकेन
नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध सिलेट सिक्सर्स प्लेअफ नपुग्दै लिगबाट बाहिरियो । उसले १२ खेलमध्ये सातमा हार र पाँच खेलमा मात्र जीत निकाल्न सफल भएको थियो । सन्दीप आवद्ध सिक्सर्समा डेबिड वार्नर कप्तान थिए । सिक्सर्स अंक तालिकामा छैटौं नम्बरमा रहँदै लिगबाट बाहिरियो । सन्दीप बीपीएलको बिचमै यूएई र नेपालको एकदिवसीय र टि २० सिरिज खेल्न दुवई गएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!