अस्ट्रेलियाले श्रीलंकाविरुद्धको टेस्ट शृंखला २-० ले जित्यो

काठमाडौँ, माघ २१ । श्रीलंकाविरुद्धको दुई टेस्ट खेलको सिरिज घरेलु टोली अष्ट्रेलियाले क्लिन स्विप गरेको छ । अष्ट्रेलियाको क्यानबेरामा भएको दोस्रो टेस्टमा पाहुना टोलीले ५१६ रनको लक्ष पछ्याउने क्रममा १४९ रनमै अलआउट भएपचिश्रीन्ख्ला एकपक्षीय रूपमा अस्ट्रेलियाको पोल्टामा पर्न गएको हो  ।

पहिलो टेस्टमा ४० रनको जित हात पारेको अष्ट्रेलियाले दोस्रो टेस्टमा ३६६ रनको जित हात पार्न सफल भयो ।

अष्ट्रेलियाले दिएको ५१६ रनको लक्ष्य पछ्याएको श्रीलंका चौथो दिनमा १४९ रनमा समेटिएको थियो । श्रीलंकालाई समेट्ने क्रममा अष्ट्रेलियाका मिचेल स्र्टाकले ५ तथा प्याट क्युमिन्सले ३ विकेट लिएका थिए ।

श्रीलंकाका कुशल मेन्डिसले ४२ तथा लहेरु थिरमानेले ३० रन बनाए । निरोशन डिकवाला र चमिका करुनारत्नेले क्रमशः २७ र २२ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रतियोगिता अन्तर्गत पहिलो र दोस्रो पारिमा गरी १० विकेट लिएका मिचेल  स्टार्क प्लेयर अफ् द म्याच हुँदा प्लेयर अफ् द सिरिज भने दुई टेस्टमा १४ विकेट लिएका प्याट क्युमिन्स भए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!