यूएईका प्रशिक्षक चकित ! भन्छन्, ‘फाइनलमा नेपालको फिल्डिङ अविश्वसनीय’

काठमाडौं, माघ २१ । आइतबार सम्पन्न टी–२० सिरिजको निर्णायक खेलको अन्तिम ओभरमा यूएईलाई २० रन चाहिएको थियो र चार विकेट उसको हातमा थिए ।

नेपालका ललित राजवंशीको पहिलो बलमा नै यूएईका ब्याट्सम्यानले लामो सट खेले जुन लङ अनको दिशामा छक्का हुने जस्तो देखिएको थियो । तर बल बाउन्ड्री लाइन नजिकै खस्ने क्रममा ज्ञानेन्द्र मल्लले दायाँतर्फबाट दौडदै डाइभ लगाएर एक हातले सो क्याच लिएका थिए । उक्त क्याचसँगै नेपालको जित लगभग सुनिश्चित भएको थियो ।

यूएईका कोचले फाइनल म्याचमा नेपालको फिल्डिङको खुलेर प्रशंसा गरेका छन् । उनले नेपालले अविश्वसनीय फिल्डिङ गरेकोसमेत बताएका छन् ।

प्रशिक्षक डगी ब्राउनले भने, ‘नेपालको टिम वर्क वास्तवमै प्रेरणादायी थियो र यसबाट हामीले पनि धेरै सिक्न सक्छौं । महत्वपूर्ण क्षणमा उनीहरुको फिल्डिङ पनि अविश्वसनीय थियो । उनीहरुले कहिल्यै पनि आत्तिएर खेलेनन् ।’

नेपालले आइतबार भएको सिरिजको अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै २–१ ले सिरिज जित्न सफल भयो । यसअघि, नेपालले यूएईसँगकै एकििदवसीय सिरिज पनि २–१ ले जितेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!