नेकपाको सचिवालय बैठक प्रचण्डको विज्ञप्तिको पक्षमा

काठमाडौं, माघ २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सोमवार बसेको सचिवालय बैठकले भेनेजुएलामा अमेरिकाले गरेको हस्ताक्षरबारे पार्टी अध्यक्ष प्रचण्डले माघ ११ गते निकालेको विज्ञप्तिकै अडानमा आफूलाई उभ्याएको छ । बैठकले भेनेजुएलाको विषयमा नेकपाले लिएको अडानबारे गलत प्रचार गरिएको समेत बताएको छ  ।

भेनेजुएलाको विषयमा नेकपाको अडान यथावत, राष्ट्र संघको बडापत्र र पञ्चशीलको सिद्धान्तप्रति नेकपा प्रतिवद्ध रहेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

श्रेष्ठले भने कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र त्यहाँ समस्या पैदा भएमा सम्बन्धित देशको जनताले स्वतन्त्रतापूर्ण र शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्छ भन्ने मान्यता राख्दछ ।’ हामी कुनै पनि देशको आन्तरिक मामिलामा हुने बाह्य हस्तक्षेपलाई स्वीकार्दैनौँ ।’ श्रेष्ठले भने ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!