सेकुवाको पारखीको लागि ‘ग्रिल हाउस एण्ड सेकुवा घर’ मा सोनाम ल्होछारको अवसरमा विशेष छुट

काठमाडौं, माघ २१ । ‘ग्रिल हाउस एण्ड सेकुवा घर’ मा सेकुवा पारखीहरुको लागि सोनाम ल्होछारको उपलक्ष्यमा विशेष छुट हरेक खानामा हुने भएको छ ।

सेकुवा पारखीहरुको लागि सोनाम ल्होछारको उपलक्ष्यमा १० प्रतिशत विशेष छुट २०७५ माघ २२ देखि २८ गतेसम्म व्यवस्था गरिएको छ ।

राजधानीको हात्तीगौडा टोखा रोडमा अत्याधुनिक फेमिली रेष्टुरेण्ट ‘ग्रिल हाउस एण्ड सेकुवा घर’ सञ्चालनमा आएको छ । हात्तीगौडा चोकबाट १०० मिटरभित्र टोखा रोडमा अत्याधुनिक प्रबिधिको तथा गुणस्तरीय सेवा सुविधाले सु–सम्पन्न भएको रेष्टुरेन्ट संचालनमा आएको हो । ‘ग्रिल हाउस एण्ड सेकुवा घर रेष्टुरेन्ट एण्ड बार अहिले पनि अनौपचारिकरुपमा संचालनमा आइरहेको छ ।

स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको हो ।

विगत २ दशकभन्दा बढी अन्तर्राष्ट्रियस्तरको लक्जरी चेन होटल रेस्टुरेन्टमा सेफको काम गरेको अनुभवलाइ आफै केही गरुँ भन्ने उद्देश्यको साथ खोलिएको ‘ग्रिल हाउस एण्ड सेकुवा घर’ मा सेकुवा ग्रिलका परिकारहरु जसलाई फरक खालको ओभनबाट हाईजेनिक तबरले तयार पारिएको र शुक्रबार–शनिबार कन्टिनेन्टल टेष्टमा चिकेन होल बारबिक्यु समेत उपलब्ध हुने यस ग्रिल हाउसमा नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइने छ भने अन्तर्राष्ट्रियस्तरको विभिन्न ड्रिंक्सको साथमा कक्टेलको मिश्रण पनि भेटिन्छ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक खालको स्वादिष्ट परिकारको स्वाद लिन सकिने सकिने कुरा ‘ग्रिल हाउस एण्ड सेकुवा घर’का संचालकमध्येका एक शंकर जिरेलले बताए । उनी विगत २ दशकदेखि ५ स्टार होटलमा सेफको रुपमा कार्यरत थिए।

राजधानीको सुन्दर क्षेत्र हात्तीगौडामा सुरक्षित पारिवारीक वातावरणमा फरक ढगंले रेष्टुरेन्ट एण्ड बार संचालनमा ल्याइएको ‘ग्रिल हाउस एण्ड सेकुवा घर’का संचालक मध्यका एक रेशम गुरुङले बताउँछन । ‘अहिले अन्य सञ्चालनमा रहेका रेष्टुरेण्टभन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्को सुरुवात गरेको जानकारी’ ‘ग्रिल हाउस एण्ड सेकुवा घर’ सञ्चालक गुरुङले गराए ।

रेष्टुरेन्टमा फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् ग्राहकहरुको स्वादलाइ ध्यानमा राखेर उनीहरुको मागलाइ उच्च प्राथमिकता दिएर सेवा सुविधा प्रदान गरिने भएको छ । हात्तीगौडामा खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने योजना संचालकहरुले लिएका छन ।

यस ग्रिल हाउस एण्ड सेकुवा घरका रेशम गुरुङ, शंकर जिरेल लगायतका संचालकहरु बिगत २० बर्ष देखि अन्तराष्ट्रिय स्तरका ५ स्टार होटलहरुको सेफ तथा म्यानेजमेन्टमा काम गरिसकेका अनुभबी व्यक्ति हुन । हात्तीगौडा चोकबाट १०० मिटरभित्र टोखा रोडमा संचालनमा ल्याएर विभिन्न परिकारका खाना तथा ड्रिंक्सका पारखीहरुलाई फरक स्वाद चखाउने उदेश्यले संचालनमा ल्याएको यस रेस्टुरेन्टमा पारिवारिक तथा रमाइलो बाताबरणमा सेवा सुबिधा लिन सकिन्छ ।

उक्त ‘ग्रिल हाउस एण्ड सेकुवा घर’मा पर्याप्त पार्किङको समेत सुविधा रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!