राष्ट्रपति भण्डारीले दिइन् नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौं, माघ २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली क्रिकेट टोलीलाई बधाई दिएकी छन् । आइतबारयूएईसँगको तीन टी–२० शृङ्खला जितेको अवसरमा राष्ट्रपति भण्डारीलाई नेपाली क्रिकेट टोलाई बधाई दिएकी हुन् ।  साथै, उनले नेपालमा लोकप्रिय बन्दै गएको क्रिकेट खेलको प्रवद्र्धनका लागि शैक्षिक प्रतिष्ठान र सम्बद्ध पक्ष अग्रसर हुने अपेक्षा लिएको बताइन् ।

राष्ट्रपति भण्डारीको आधिकारिक ट्विटर ह्याण्डलमा लेखिएको छ, ‘नेपालले यूएईमा भएको तेस्रो टी–२० क्रिकेट खेलमा ऐतिहासिक सफलता हासिल गरेकोमा राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई दिँदै उत्तरोत्तर प्रगतिको कामना गर्दछु । हाम्रो देशमा लोकप्रिय बनेको क्रिकेट खेलको प्रवद्र्धनका लागि शैक्षिक प्रतिष्ठान र सम्बद्ध पक्ष अग्रसर हुने अपेक्षा लिएको छु ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!