विप्लवका सातजना कार्यकर्ता पक्राउ

काभ्रे, माघ २१ । काभ्रेको बनेपाबाट नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका सातजना कार्यकर्ता पक्राउ परेका छन् । दुई महिने अभियान अन्तर्गत काभ्रेको बनेपामा र्‍याली निकाल्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको पार्टीका ताम्सालीङ स्वायत्त प्रदेशका प्रमुख माणिक लामाले जानकारी दिए ।

गाउँमा जनचेतना जगाउने, माफीया, घुसखोरी र दलालहरूलाई चेतावनी दिने दुई महिने अभियान रहेको लामाले बताए । पक्राउ परेका कार्यकर्ता माथि प्रहरीले झुट्टा मु्द्दा लगाएको उनले उल्लेख गरे । तर विद्यार्थीहरूलाई विद्यालय पोषाकमै जुलुसमा सहभागी गराएको भन्दै नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूलाई र्‍याली स्थलबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविराज खड्काले जनाकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!