रंगशालाका लागि आर्थिक सहयोग जुटाउन धुर्मुस–सुन्तली मलेसिया प्रस्थान

काठमाडौं, माघ २१ । हास्यकलाकार एवं समाजसेवी सीताराम कट्टेल ‘ध्रुमुस’ र कुञ्जना घिमिरे ‘सुन्तल’ मलेसिया प्रस्थान गरेका छन् । हालै चितवनको भरतपुरमा घोषणा गरिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका निम्ति सहयोग रकम उठाउने उद्देश्यकासाथ धुर्मुस सुन्तली मलेसिया प्रस्थान गरेका हुन् ।

उनीहरुको साथमा लोकदोहोरी गायक बद्री पंगेनी, गायिका मेलिना राई पनि सहभागी छन् । सहयोग रकम संकलनका निम्ति मलेसियामा धुर्मुस सुन्तली साँझको आयोजना गरिएको छ । यो कार्यक्रम मलेसियाका विभिन्न शहरहरुमा आयोजना गर्ने तयारी रहेको धुर्मुस सुन्तली फाउण्डेसनका प्रमुखसमेत रहेका सिताराम कट्टेलले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!