नेकपा सचिवालय बैठक चल्दै, यस्ता छन् एजेन्डा

काठमाडौं, माघ २१ । नेपाल कम्युनिस्ट पार्टीको (नेकपा) सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ। पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बैठकमा पार्टी एकीकरणका सम्पूर्ण काम सक्ने विषयमा छलफल चलिरहेको छ ।

तीन महिनाभित्र एकता सक्ने गरी ३ जेठ २०७५ मा नेकपा एमाले र माओवादीबीच एकता भएको थियो। पार्टी एकीकरणको लामो समयसम्म पनि यसले पूर्णता पाएको छैन ।

एकताको काम सक्न भनी पछिल्लो समय पुस १२ गते स्थायी समिति बैठकले चौथो कार्यदल गठन गरेको थियो । श्रेष्ठका अनुसार बैठकमा पार्टीको तल्ला कमिटीको एकताको विषयमा छलफल भइरहको छ । उनले भने, ‘छलफल आज टुंगिदैन होला ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!