चिकित्सकको लापरवाहीको कारण २ वर्षीय बालकको मृत्यु, अस्पतालमा तोडफोड

काठमाडौं, माघ २१ । झापाको एक अस्पतालमा उपचारको लागि ल्याइएका बालकको चिकित्सकहरुको लापरवाहीको कारण मृत्यु भएको छ।

बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलका चिकित्सक र नर्सको लापरबार्हीका कारण दुई वर्षीय बालकको मृत्यु भएको आफन्तहरूले आरोप लगाएका छन् ।

बालकको मृत्यु भएलगत्तै आफ्न्तले अस्पतालमा तोडफोड गर्नुका साथै उपचारमा संलग्न चिकित्सकहरु विरुद्ध प्रर्दशन समेत गरेका छन् । मेचीनगर–१३ स्थित काली झोडाका उमङ राजवंशीका छोरा जेनित राजवंशीको इजेक्सन लगाए लगत्तै मृत्यु भएपछि आफन्त आक्रोशित भएका हुन् ।

आइतबार बेलुका ६ बजे अस्पताल ल्याएका बालकको इजेक्सन लगाएको केहि क्षणमा नै मृत्यु भएपछि डाक्टर र नर्स भने भागेको पीडित पारिवारले जनाएको छ । मृतकका बुबाका अनुसार छोरालाई झाडापखाला लागेर अस्पताल ल्याइएकोमा इजेक्सन लगाए लगत्तै अवस्था सिकिस्त भएको र उपचारमा संलग्न चिकित्सकहरु समेत भाग्नुले गलत औषधि प्रयोग भएको दावी गरे । उनले भने– ‘जसकारण छोराको मृत्यु भएको हो ।’

चिकित्सककै लापरबाहीका कारण बालकको मृत्यु भएको निष्कर्ष निकाल्दै परिवार तथा आफन्तले हस्पिटलमा तोडफोड गर्न थालेपछि तत्काल त्यहाँ प्रहरी पुगेको थियो । प्रहरीले घटनालाई साम्य पार्न हवाई फायर गर्नुका साथै केही सेल अश्रुग्यास प्रहार समेत गरेको थियो । अस्पतालमा परिसरमा आफन्तहरूको उपस्थिती रहेकोले अहिले पनि सुरक्षाकर्मी तैनाथ गरिएको छ । नागरिकदैनिकबाट साभार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!