विमानस्थल निर्माणका लागि डीपीआर तयार

काठमाडौं, माघ २१ । धनकुटाको वेलहारा डॉडास्थित बाघखोरमा मध्यमस्तरको विमानस्थल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन डीपीआर तयार भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत परामर्शदाता रियलपाथ ईन्जिनियरिङ कन्सल्ट्यान्ट ललितपुरको टोलीले बेलहारामा विमास्थल निर्माणका लागि विस्तृत सर्वेक्षण प्रतिवेदन तयार गरेको हो ।

टोलीले ड्रोनको प्रयोग गरेर पहिलो चरणमा स्थलगत अध्ययन पश्चात टोपोग्राफी सर्भे गरी ५० सिट क्षमताको विमान उडान भर्नका लागि १ हजार ३ सय मिटर भन्दा लामो धावनमार्ग र दुई सय मिटर चौडाई सहित दुई साईडबाटै उडान र अवतरण गर्न मिल्ने गरी डिपीआर तयार पारेको छ ।

एटीआर ४७ लगायतका मध्यम खालका विमानको लागि तयार डीपीआर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको नागरिक उड्ययन प्राधिकरणका उपप्रबन्धक नलबिक्रम थापाले जानकारी दिए । कान्तिपुरबाट साभार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!