बजारमा सुनको भाउ आकाशियो !

काठमाडौं, माघ २१ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।

आइतबार बजारमा सुन तोलामा ६२ हजार ३ सय रुपैयाँमा कारोबारमा भएको थियो भने आजपनि बजारमा बढेर सुन तोलामा ६२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, आइतबार तेजावी सुन तोलामा ६२ हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि बढेर ६२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार बजारमा चाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

आइतबार चाँदी तोलामा ७८० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी तोलामा ७८० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!