निकिता पाैडेललाई तनाव, जागिर नै धरापमा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई पदच्यूत गर्न ठाडो निर्देशन दिएका छन ।

आइतबार बोलाइएको चौमासिक समीक्षा बैठकमा खवर गर्दागर्दै पनि अटेर गरी अनुपस्थित भएपछि मन्त्री गोकुल बाँस्कोटाले पौडेलसङ्ग कडा स्पस्टीकरण सोधेर पदच्युत गर्न मन्त्रालयका पदाधिकारीहरुलाई निर्देशन दिएका हुन् ।

बैठकमा बोर्डको प्रगति विवरणसम्बन्धी एजेन्डा पनि थियो,जसमा आफ्ना कुरा राख्न निकिताको उपस्थिति देखिएन  । त्यो कुराले छोएपछि मन्त्रीले सहसचिव राधिका अर्याललाई सोधे, खवर थिएन ?,‘थियो’, उसोभए किन उहाँ आउनुभएन ?

‘भर्खरै बिहे गरेर यति लामो हनिमुनमा गएको हो भने छुट्टी लिएको देखिनपर्यो,त्यो हैन भने स्पस्टीकरण सोधेर गोर्खापत्रमा जस्तै पदबाट हटाउन पर्यो, अदालत गए जान्छन् तर सधैं यसरी मनपरि गर्न पाउन्नन् ! बरु ताला  लागे लागोस् यस्ता गतिछाडालाई राखेर बिकास बोर्ड उभो लाग्दैन ! ’ मन्त्री यसरी रिसाएपछि पौडेललाई जागिरबाट बर्खास्त गर्ने प्रक्रिया सुरु भैसकेको बुझिएको छ । नेपाल आजबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!