एएफसी एसियन कप जितेपछि कतार एयरवेजले दियो ग्राहकलाई २५ प्रतिशत छुट

दोहा, माघ २० । एएफसी एसियन कप जितेको खुशी मनाउँदै कतार एयरवेजले आफ्ना ग्राहकलाई टिकट खरिदमा २५ प्रतिशत छुटको अफर दिएको छ ।

यो छुटको मौका फेब्रुअरी ३ देखि १४ सम्म खरिद गरिएको टिकटमा मात्रै लागू हुने जानकारी दिएको छ । यो अफरमा लिइएको टिकटले आगामी अगस्ट २१ तारिख सम्म यात्रा गरिसक्नुपर्ने एयरलाइन्सले एक सूचना मार्फत जानकारी दिएको छ।

त्यस्तै एएफसी एसियन कप जितेकै खुशीयालीमा हमद अन्तरास्ट्रिय विमानस्थलमा कतार डिउटी फ्रीले पनि दुई हप्ता सम्मको लागि आफ्नो सामानमा २० प्रतिशत छुट दिने जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!