पानीजहाज चलाउनबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं, माघ २० । प्रधानमन्त्री कार्यालयमा पानीजहाज चलाउन आवश्यक तयारीबारे आज सरोकारवाला निकायबीच छलफल भएको छ । पानीजहाज चलाउन आवश्यक तयारी र सहकार्य–संयोजनबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवहरू र सरोकारवाला मन्त्रालयका प्रतिनिधिबीच प्रस्तुति दिएको हो ।

छलफलमा प्रधानमन्त्री कार्यालयका सचिवहरू शिशिर ढुंगाना र दीपेन्द्रनाथ शर्मा, सरोकारवाला मन्त्रालयहरू भौतिक, पूर्वाधार तथा यातायात, सङ्घीय मामिला, अर्थ, ऊर्जा, जलश्रोत र सिँचाइ तथा परराष्ट्र मन्त्रालयका सहसचिवहरू सहभागी थिए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको योजना र अनुगमन महाशाखा प्रमुख तथा प्रवक्ता मधुकुमार मरासिनीले पानीजहाज चलाउन तत्काल गर्नुपर्ने काम र जिम्मेवारीबारे प्रस्तुति दिएका थिए। ‘यो पहिलो चरणको छलफल भएकाले विस्तृत छलफल हुन सकेन’ मरासिनीले भने। पानीजहाज चलाउनका लागि सरकारले गत माघमा पानी जहाज कार्यालय खोल्ने निर्णय गरिसकेको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!