पानी रोकियो, केही बेरमा नेपाल र यूएईको खेल शुरु हुँदै

काठमाडौं, माघ २० । नेपाल र यूएईबीचको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत अन्तिम खेल वर्षाका कारण निर्धारित समयमै हुन सकेको छैन । यद्यपि, अहिले पानी रोकिएकाले केही समयपछि खेल शुरु हुने भएको छ । ओभर भने छोट्याइने भएको छ । यसअघि निर्धारित समयभन्दा करिब एक घण्टाअघिदेखि चट्याङसहित पानी परेपछि खेलाडीले अभ्यास पनि गर्न पाएका थिएनन् ।

तीन खेलको टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले अन्तिम खेलमा आज यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने चार विकेटले विजयी भएको थियो ।

आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा नेपाल जित हात पार्दै सिरिज जित्ने लक्ष्यमा हुनेछ । यूएई पनि नेपाललाई पराजित गर्दै सिरिज जित्ने दाउँमा छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!