भारतको आवासीय राजदूतमा आचार्य नियुक्त

काठमाडौं, माघ २० । भारतको आवासीय राजदूतमा निलाम्बर आचार्य नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन् ।

संविधानको धारा २८२ को उपधार (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषद्बाट भारतका लागि राजदूतमा सिफारिस भएका आचार्यलाई गत मंसिर २३ गते बसेको संसदीय सुनुवाई समितिको बैठकले अनुमोदन गरेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!