वनमन्त्री बस्नेतकी भतिजीको झुन्डिएको अवस्थामा शव फेला

काठमाडौं, माघ २० । वन तथा वातावरण मन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेतको झुन्डिएको अवस्थामा शव फेला परेको छ । महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले बस्नेतको शव फेला परेको पुष्टि गरे ।

उनका अनुसार ललितपुरको बालकुमारीस्थित वेस्टार अर्पाटमेन्टमा बस्ने बस्नेतको आइतबार शव फेला परेको हो । ‘अर्पाटमेन्टको पाँचौ तलामा झुण्डिएको अवस्थामा हामीले शव फेला पारेका हौँ’, धानुकले बताए । उनका पति रोशन खड्का उर्जामन्त्री वर्षमान पुनका प्रेस संयोजकसमेत हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!