न्यूजिल्याण्ड विरुद्धको एकदिवसीय सिरिज भारतले जित्यो

काठमाडौं, माघ २० । न्यूजिल्याण्ड विरुद्धको पाँच एकविदसीय श्रृंखला भारतले जितेको छ । पाँचौं खेलमा ३५ रनले विजयी भएसँगै भारतले ४ १ ले श्रृंखला जितेको हो ।

अन्तिम तथा पाँचौं खेलमा भारतले टस जितेर ब्याटिङ गर्दै २५२ रन बनाएको थियो । उसका लागि अम्बाती रायडूले सर्बाधिक ९० रन प्रहार गरे । बलिङमा न्यूजिल्याण्डका म्याट हेरीले ४, ट्रेन्ट बोल्टले ३ र जेम्स नीशमले एक विकेट लिए ।

२५३ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड ४१.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २१७ रन मात्र जोड्न सक्यो । उसका लागि जेम्स जेम्स नीशमले सर्बाधिक ४४ रन बनाए । बलिङमा भारतका युजवेन्द्र चहलले ३, मोहम्मद सामी, हार्दिक पान्ड्याले समान दुई-दुई, भुवनेश्वर कुमार र केदार जाधवले समान एक-एक विकेट लिन सफल भए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!