जीप दुर्घटनामा परी २ जनाको मृत्यु

गुल्मी, माघ २० । गुल्मीमा जीप दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ । आइतबार दिउँसो जिल्लाको मुसिकोट नगरपालिका ८ वामी मैदानमा ग १ च ८३५७ नम्बरको गाडी दुर्घटना हुँदा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

वामी मैदानबाट वामीटक्सार जाने क्रममा उक्त गाडी मैदान चौपारीबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा गाडी मालिक मुसीकोट नगरपालिका ८ का ३० बर्षीय ठाकुर सापकोटा तथा सोही ठाउँकी ५५ बर्षीया पुतलीसिंह ठकुरीकोको मृत्यु भएको हो ।

मुसीकोट नगरपालिका ८ कै ५५ बर्षीया हरिकला कार्की र बाग्लुङ दगातुमडाडा घर भई वामी मैदानमा दिदी भेट्न आएका १४ बर्षीय कमल कार्की घाइते भएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!