यूएईमा भारी वर्षा, नेपाल र यूएईबीचको खेल बिथोलिने सम्भावना

काठमाडौं, माघ २० । यूएई विरुद्धको टी २० सिरिजको अन्तिम खेल बिथोलिने सम्भावना बढेको छ । यूएईमा अहिले पानी परिरहेकाले अन्तिम खेल बिथोलिने सम्भावना बढेको हो । दिउँसो पौने ३ बजेदेखि सुरु हुनुपर्नेमा अहिले पानी परिरहेको छ । यूएईका केही ठाउँमा असिनासहित पानी परिरहेको त्यहाँको मौसम विभागले जनाएको छ ।

दुवै टिमले एक–एक खेल जितेकाले आजको नतिजाले उपाधिको छिनोफानो हुने छ । त्यहाँको मौसम विभागका अनुसार आज ठूलो पानी पर्ने सम्भावना छ । यदि वर्षाले खेल बिथोलिएमा नेपालले एकदिवसीयपछि टी–२० सिरीज जित्ने अवसरमा धक्का लाग्नेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!