‘मिस हिमालय लिटल एन्जल काठमाडौं २०१९’ को अडिसन सम्पन्न

काठमाडौं, माघ २० । कथा इभेन्टको आयोजनमा हुन लागेको ‘मिस हिमालय लिटल एन्जल काठमाडौं २०१९’ को अडिसन गत शुक्रबार इन्द्रेणी फुड ल्यान्ड, महाराजगञ्जमा सम्पन्न भएको छ ।

अडिसनमा निर्णायकको रुपमा गनिका गुरुङ, उज्वल प्याकुरेल, प्रवेश कर्माचार्य, लक्ष्मी शाही, रोजी गिरी, पल्पसा श्रेष्ठ र नारायण आचार्यले गरेका थिए । कुल ९२ जनाले अडिसनमा भाग लिएकोमा जम्मा ५० जनालाई मात्र छनौट गरिएको प्रमुख इभेन्ट डाइरेक्टर आकृति राजभण्डारीले जानकारी दिए ।

छनौट भएका प्रतियोगीहरुलाई यही मंगलबारदेखि १५ दिनसम्म विभिन्न विषयमा प्रशिक्षणमा समावेश गरिने छ जसअन्तर्गत स्टेज प्रस्तुतिकरण, ब्यत्तित्व विकास, बोल्ने कला, आत्मविश्वास अभिवृद्धि, सामाजिक तथा समान्य ज्ञान, फेशन तथा क्याटवाक, सेलिब्रेटी अन्तरक्रिया, फोटो सेसन लगायतका क्रियाकलापहरु रहने छन् ।

मिस हिमालय लिटल एन्जल काठमाडौंको विजेताले नगद ५० हजार साथै फिलिपिन्समा हुने लिटल एण्ड टिन ग्ल्याम इन्टरनेशनलमा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धाको लागि भाग लिन पाउने छन् । प्रतियोगितामा उमेर समूह ६–८, ९–१०, ११(१३ गरेर तीन समुहमा बिभाजन गरेर समुह बिजेताहरु र १ जना मुख्य विजेताको रुपमा घोषणा गरिने छ ।

विगतमा कर्पोरेट नाईट, मिस हिमालय नेपाल जस्ता इभेन्टहरु सफलतापूर्वक आयोजना गरिरसकेको कथा इभेन्टको यो मिस हिमालय लिटल एन्जल काठमाडौं २०१९ पहिलो संस्करण हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!