मालपोत कार्यालयका नायब सुब्बा घुससहित पक्राउ

काठमाडौं माघ २० । महोत्तरीस्थित मालपोत कार्यालयका एक कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बिहान दिएको जानकारीअनुसार मालपोत कार्यालय (जलेश्वर)मा कार्यरत नायब सुब्बा ढकबहादुर कार्की घुसबापत लिएको १० हजार रुपैयाँसहित पक्राउ परेका हुन् ।

जग्गा नामसारी गर्न सार्वजनिक मुचुल्का गरेबापत सेवाग्राहीसँग घुस लिएको उक्त रकमसहित नायब सुब्बा कार्कीलाई महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १, रामनगरबाट शनिबार नियन्त्रणमा लिइएको अख्तियारका सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।

घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीका बर्दिवासस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको उनले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!