अाज नेपाल र युएईबीच निर्णायक खेल हुँदै

काठमाडौं, माघ १९ । यूएई विरुद्धको टी–२० सिरिज अन्तर्गत नेपालले अाज तेस्रो तथा अन्तिम खेल खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे हुनेछ । पहिलो खेलमा २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने ४ विकेटले विजयी भएकाे थियाे ।

अाजकाे खेल जुन टोलीले जित्छ उसले सिरिज नै आफ्नो नाममा बनाउने छ । नेपाल सिरिज जित्ने लक्ष्यका साथ तयारीमा बसेकाे छ । एकदिवसीय सिरिज जीतेकाले टी–२० श्रृखला पनि आफ्नो नाममा बनाउन नेपाल तयार छ ।

शुक्रबार भएको टी–२० अन्तर्गतको दोस्रो खेलले पनि नेपाली टाेलीमा आत्मविश्वास बढाएको छ । यसकारण पनि टी–२० सिरिज जित्ने नेपालको सम्भावना उच्च छ । तर, नेपालका ब्याट्सम्यान टी–२० मा गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन् ।

दोस्रो खेलमा यूएईले दिएको १०८ रनको सामान्य लक्ष्य पछ्याउन पनि नेपाललाई साह्रै गाह्रो भएको थियो । यसले गर्दा निर्णायक खेलमा नेपाली विजयी हुन त्यति सजिलो छैन । यदि भोलि नेपालले सम्हालेर खेल्ने हो भने सिरिज हात पार्ने सम्भावना प्रवल छ 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!