चीन जान एक वर्षे चालक पास दिईने

काठमाडौं । चीनको केरुङ जान सवारी चालक र सहचालकलाई एकवर्षे पास दिने तयारी भएको छ । चीनसँग सीमा जोडिएका बाहेकका जिल्लाका राहदानीवाला चालक तथा सहचालकलाई केरुङ प्रवेशका लागि अस्थायी प्रवेश अनुमति दिन लागिएको हो ।

परराष्ट्र मन्त्रालयका उपसचिव रोसन खनालले भन्नुभयो, ‘अस्थायी अनुमति दिने बारेमा हामीले छलफल गरिरहेका छौं । एकवर्षे पास दिन सकेमा धेरै राम्रो हुन्छ ।’ चिनियाँ अधिकारीले एकवर्षे पास दिन तयार भएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बनाउनुभयो ।

चीनको केरुङसम्म नेपालीहरुको सहज प्रवेश अनुमतिको व्यवस्था गरी अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । आजकोनागरिक दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!