अब सार्वजनिक ठाउँमा बिना पासवर्डको वाइफाइ राख्न नपाइने

काठमाडौं, माघ १९ । अब सार्वजनिक स्थानमा बिना पासवर्डको वाइफाइ राख्न नपाइने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले तयार पारेको वाइफाईसम्बन्धी सुरक्षा मापदण्डको मस्यौदामा यस्तो व्यवस्था गरिएपछि अब बिना पासवर्डको वाइफाइ सार्वजनिक स्थानमा राख्न नपाइने भएको हो ।

मापदण्डमा सार्वजनिक स्थानमा राखिने वाइफाईमा उपयुक्त ‘लगइन’ हुनैपर्ने प्रावधान राखिएको छ । साथै ‘लगइन’ गर्दा प्रयोग हुने डिभाइसको म्याक वा आईपी एड्रेसजस्ता पहिचान खुल्ने विवरण संग्रह गरेर राख्नुपर्ने प्रावधान पनि छ ।

सार्वजनिक स्थानको वाइफाई प्रयोग गरेर आपराधिक काम नहोस् भनेर यस्तो मापदण्ड तयार पारिएको प्राधिकरणले जनाएको छ । ‘निःशुल्क वाइफाई प्रयोग गरी हुने कुनै अपराधको अनुसन्धानमा सहयोग पुगोस् भन्नका लागि मापदण्ड तयार पार्न लागेका हौं,’ प्राधिकरणका निर्देशक विजयकुमार रोयले भने, ‘अहिलेसम्म लग इन अनिवार्य गर्ने नगर्ने, डिभाइसको विवरण राख्ने नराख्ने भन्ने विषय सेवा प्रदायकमा निर्भर छ ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!