साझा अधिकारले काम अल्झिएः मेयर वड

धनगढी, माघ १९ । कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले संघ, प्रदेश र स्थानीय तहका साझा अधिकार अन्तर्गतका कानुन निर्माणमा भएको ढिलाईले काम अल्झिएको गुनासो गरेका छन् ।

शनिवार संघ, प्रदेश र स्थानीय तहबिच पशुसेवा ऐन, नियम मापदण्ड, कार्यविधी र कार्यक्रम सम्वन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख वडले यस्तो गुनासो गरेका  हुन् ।

संघले कानुन निर्माण नगरेसम्म प्रदेशले बनाउन नसक्ने, प्रदेशले नबनाएसम्म स्थानीय सरकारले कानुन निर्माण गर्न नसक्ने ब्यबस्था साझा अधिकारमा रहेकाले स्थानीय तहमा कतिपय कानुन निर्माण हुन नसकेका उनले बताए ।

स्थानीय तहले आफ्नो एकल अधिकार भित्र परेका अधिकांश कानुनहरु निर्माण गरिसकेको तर संघ र प्रदेशले साझा अधिकार अन्तर्गतका कानुन निर्माणमा ढिलाई भइरहेको मेयर वडले बताए ।

स्थानीय तहमा कृषी तथा पशु स्वास्थ्य अन्तर्गत जनशक्ति अभाव रहेकोसमेत उनले बताए । मेयर वडले भने, ‘पहिले जिल्लामा पशु स्वास्थ्य कर्यालय थियो, जिल्ला कृषी विकास कार्यालय थियो अहिले स्थानीय तहमा कार्यालय मिलान भए पनि आवश्यक जनशक्ति नहुँदा किसानहरु मर्कामा परेका छन् ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!