मन्त्रिपरिषद् कार्यालयको गाडी नेविसंघको कब्जामा

काठमाडौं, माघ १९ । नेपाल विद्यार्थी संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गाडी कब्जा गरेको छ । शनिबार बिहानैबाट सडकमा गुडेका सरकारी गाडीको निगरानी गरेका नेविसंघ कार्यकर्ताले बालुवाटारबाट मन्त्रिपरिषद् कार्यालयको गाडी कब्जा गरेका हुन् ।

केन्द्रीय समितिको निर्णय अनुसार नेविसंघ कार्यकर्ताले शनिबार बिहानैबाट सरकारी गाडीमाथि निगरानी बढाएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए।

आन्दोलनको कार्यक्रम अनुसार नै सकारी गाडी नियन्त्रणमा लिएको उनको भनाइ छ। सार्वजनिक बिदाको दिन सरकारी गाडीको दुरुपयोग भएको भन्दै नेविसंघले निगरानी सुरु गरेको थियो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!