ल्होछारको अवसरमा २२ र २३ गते सार्वजनिक बिदा

सिन्धुपाल्चोक, माघ १९ । तामाङ समुदायको पर्व ड्वा ल्हो सोनाम ल्होछारका लागि पाँचपोखरी थाङपाल गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको छ ।

संविधानले स्थानीय सरकारलाई दिएको अधिकारभित्र रहेर सोनाम ल्होछार मान्न यही माघ २२ र २३ गते सार्वजनिक बिदा दिइएको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासि लामाले बताए ।

गाउँपालिकाले तामाङ समुदायको पर्व, धर्म, संस्कृति, संरक्षण र संवद्र्धनको सबैको रहेकाले १७ गतेको बैठकले यही माघ २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

दुई दिन गाउँपालिका भित्र रहेका सरकारी कार्यालयहरु, विद्यालयहरु, बैंक, वित्तीय संस्था लगाएतका सबै निकायलाई ३ दिनको बिदा दिईएको गाँउपालिकाले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!