पूर्वसहायक मन्त्री रोकासहित ४ नेता कुटिए

रुकुम पूर्व । नेपाली कांग्रेसका नेता तथा पूर्व सहायक मन्त्री केशरमान रोका सहित ४ जना कुटिएका छन् । रोकासहित नेकपाका नेता सतमान पुन मगर, पुुनिराज घर्ती मगर र नेपाली कांग्रेसका नेता ध्रुवकुमार पुन मगर रुकुमकोटमा आन्दोलनकारीले कुटेका हुन् ।

रुकुम पश्चिमबाट रुकुम पूर्व गइरहेका ४ जनामाथि आन्दोलनकारीले शनिवार बिहान ढुङ्गा समेत हानेका थिए । रुकुमकोट प्रवेश गर्नु अगावै रानीकोट भन्ने ठाउँमै आफूहरूमाथि कुटपिट भएको रोकाले बताए ।

उनले कुटपिट नगर्न आग्रह गर्दा पनि झन् कुटपिट गरिएको बताए । शरीर दुस्खेर यताउता चल्न नसक्ने अवस्थामा रहेको उनले बताएका छन् । अर्का पीडित सतमान पुनले आफूहरूमाथि सांघातिक हमला भएको बताए ।

कुटपिट नगर्न तथा कसैलाई फोन गर्न समेत बन्देज गरिएको सतमानले बताए । हाल उनीहरू जिल्ला प्रशासन कार्यालयमा बसेका छन् । प्रहरीको सहयोगमा प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेको रोकाले जानकारी दिए । कार्यक्रमको बारेमा प्रशासन सहित सर्वदलीय छलफलका लागि रुकुमकोट जाँदै गर्दा कुटपिट भएको उनीहरूले बताएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!