चितवनको विकासका लागि प्रचण्डको पहलमा ४ अर्बको बजेट, हेर्नुस् यस्ता छन् योजना

चितवन, माघ १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको पहलमा चितवनको विकासका लागि ४ अर्ब रकम विनियोजन भएको छ । समग्र जिल्ला एवं आफू निर्वाचित क्षेत्र नं. ३ का नागरिकको जनअपेक्षालाई पूरा गर्न प्रचण्डले ४ अर्ब बजेट विनियोजन गर्न पहल गरेका हुन् ।

प्रचण्डको पहलमा रिङ रोड, लिङ रोड र प्रचण्ड मार्गको लागि २ अर्ब बिनियोजन गरिएको छ । ०७७ असार मसान्तसम्म समपन्न गर्ने गरि यति बेला सहरी बिकास कार्यक्रम अन्तर्गत बिभिन्न १३ वटा सडकमा काम भइरहेको छ ।

अध्यक्ष प्रचण्ड निर्बाचित भइसकेपछि पटकपटक गरेर २३ पटक चितवन आएका छन्। उनी चितवन आएर बिभिन्न आयोजनाको शिलान्याससँगै घरदैलो कार्यक्रम गर्ने गरेका सचिवालयले जनाएको छ । प्रचण्ड जनताको मागलाई संबोधन गर्नका लागि प्रयासरत रहेका छन् ।

पूर्वप्रधानान्त्री समेत रहेका प्रचण्डको पहलमा चितवनमा पाँच हजार क्षमताको अत्याधुनिक सिटिहल र रामपुरमा बन्न लागेको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंङ्गशालाको निर्माण कार्यसमेत शुरु हुन लागेको छ ।

प्रचण्डकै पहलमा पुलचोकदेखि गोन्द्राङसम्मको सडकलाई यतिबेला ६ लेनमा रुपान्तरण गर्ने गरि डिपीआर भईरहेको छ । २ अर्बको प्याकेज अनुसार निर्माण भएका प्रचण्डमार्ग जोड्ने १३ वटा सडक यस्ता छन्–

क्रस आयोजनाको नाम लागत रकम (भ्याट बाहेक)
–महेन्द्रचोक तेलौली सडक खण्ड १८ करोड ३३ लाख ४० हजार ९४ रुपैयाँ
मुत्तराज चोकदेखि भरतपुर महानगरको २५ नम्बर वडा कार्यालयसम्मको सडक खण्ड २७ करोड ३५ लाख ७ सय ९८ रुपैयाँ

–पुल्लरदेखि गंगा नगर बिद्यालयसम्मको सडक खण्ड ८ करोड २२ लाख ७८ हजार ५ सय ८८ रुपैयाँ
–पारिजात चोकदेखि उज्वल नगर जंगल सिमानासम्मको सडक खण्ड ११ करोड २३ लाख ७ सय ७८ रुपैयाँ
–कैलाशचोकदेखि चनौली बजारसम्मको सडक खण्ड ११ करोड १४ लाख ९१ हजार १५ रुपैयाँ
–गोन्द्राङदेखि वडा नम्बर २२, २३ को सिमाना जोड्ने सडक खण्ड २४ करोड ४ लाख १ हजार ४ सय ७८ रुपैयाँ

–महेन्द्र चोक तेलौली सडकको प्रचण्ड मार्ग पहिलो ३६ करोड ५९ लाख २१ हजार ५ सय १२ रुपैयाँ
–महेन्द्र चोक तेलौली सडकको प्रचण्ड मार्ग दोश्रो ९ करोड ६९ लाख ११ हजार ४ सय ६६ रुपैयाँ

–डेरिचोक पुल्लर सडक (अतिथि सडक) २ करोड ८७ लाख ६७ हजार ५ सय ३६ रुपैयाँ
–दियालो रोड (दुई नम्बरबाट ३ नम्बर जोड्नको लागि) ३ करोड ४२ लाख ७६ हजार ६ सय २ रुपैयाँ

–पुलचोकदेखि राघाटसम्म १२ करोड १० लाख ५३ हजार ७ सय ७० रुपैयाँ
–शिबघाट–सुन्दर कुमारचोक–सापकोटा चोक हुँदै पकौडी रोडसम्म १६ करोड २३ लाख ९४ हजार ९ सय ९९ रुपैयाँ

–शहीद चोक–धर्मचोक हुँदै कचकचेसम्मको सडक १८ करोड ६३ लख ७९ हजार ७ सय ८१ रुपैयाँ

यस्तै, प्रचण्ड मार्फत विनियोजन भएको सांसद बिकासको ४ करोड रकम पश्चिम चितवनको माडिमा रहेका बिभिन्न विद्यालय तथा भरतपुर महानगरमा पर्ने बिभिन्न सडक तथा भौतिक पूर्वाधार निर्माणमा काम भइरहेको बताइएको छ । प्रचण्डको पहलमा सडक डिभिजन कार्यालय मार्फत निर्माण भईरहेका बिभिन्न ७ सडकको काम पनि भइरहेको छ ।

सडक डिभिजन मार्फत आएको ३८ करोड ३५ लाख रुपैयाँमा विभिन्न ७ वटा योजनाहरु निर्माण भइरहेका छन् । ३८ करोड ३५लाख रुपैयाँमा निर्माण भईरहेका ७ वटा योजना निम्न छन्–
आयोजनाको नाम लागत रकम (भ्याट बाहेक)

–रामपुर–मेघौली सडक १३ करोड
–भरतपुर ठोरी हुलाकी सडकको (पटेहानी देखि जगतपुर पुल) सम्म १० करोड ७२ लाख
–वडा नम्बर १४ को बरको बोटबाट प्रचण्ड मार्ग जोड्ने सडक ५ करोड
–शितामाई सडक खण्ड ५ करोड ६३ लाख
–पकौडी बिशालचोक देखि प्रचण्ड मार्ग जोड्ने सडक १ करोड ५० लाख
–मदन स्मृति पार्क भरतपुर १७ १ करोड
–भरतपुर १६ शिबराम चोकदेखि जानकी चोकसम्मको सडक १ करोड

यस्तै, जिल्लाको माडी नगरपालिकामा पनि प्रचण्डको पहलमा ९ वटा पुल निर्माण भइरहेका छन् । मुख्य राजमार्गमा पर्ने खोलामा ती निर्माण भइरहेका हुन् । ६४ करोड ११ लाख ३५ हजार रकम विनियोजन गरेर पुल निर्माण भइरहेका छन् । माडीमा नै हुलाकी सडक खण्ड अन्तर्गत २१ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेर १५ किलोमिटर सडक खण्ड निर्माण भइरहेको छ । ६४ करोड ११ लाख रुपैयाँमा निर्माण भइरहेका विभिन्न ९ पुलको बजेट यस्तो छ–

पुलको नाम र लागत रकम
–पतरी खोला पुल ३ करोड ८४ लाख २५ हजार रुपैयाँ
–रिमाल खोला पुल ३ करोड ६५ लाख ५४ हजार ७ सय ८६
–बाँदरमुढे पुल ४ करोड९१ लाख ८६ हजार ६ सय ८०

–बगई पुल ९ करोड ३१ लाख ५८ हजार ९ सय ८१
–मुगई पुल ७ करोड ३५ लाख २५ हजार ३ सय ८१
–परवी पुल ४ करोड ३६ लाख २५ हजार ४ सय १

–धाँगर पुल ९ करोड ५१ लाख ५२ हजार ६ सय ४८
–टुनामुना पुल ५ करोड ९८ लाख ५९ हजार ५ सय २६
–रिउ पुल १५ करोड १६ लाख ५१ हजार ६ सय ६३

गत बिहिबार मात्रै शहरी विकास मन्त्रालयमार्फत भरतपुर महानगरपालिकामा सञ्चालन हुन लागेका ५ वटा नयाँ आयोजनाको शिलान्यास गरिएको छ । अध्यक्ष प्रचण्डको पहलमा शहरी विकास मन्त्रालयमार्फत सघन शहरी तथा भवन निर्माण आयोजनामा ४८ करोड ४१ लाख ३ हजार ४ सय ८५ रुपैयाँ रकम विनियोजन गरेर बिभिन्न ५ वटा योजनामा काम भईरहेको छ । सघन शहरी तथा भवन निर्माण आयोजनामा ४८ करोड ४१ लाखमा भएको काम–

आयोजनाको नाम लागत रकम (भ्याट बाहेक)
–देबघाटमा विद्युतिय शवदाहा भवन तथा मलामी प्रतिक्षालय निर्माण कार्य ९ करोड ९२ लाख ११ हजार १ सय ८७
–भरतपुर अस्पतालमा बिरामी कुरुवा भवन ६ करोड २ लाख ९२ हजार ३ सय ८
–भरतपुर बसपार्कको निर्माण सुधार कार्य १० करोड ८ लाख ६८ हजार ८ सय १३
–रानीपोखरीमा पार्क तथा पुर्बाधार निर्माण १० करोड ३९ लाख १२ हजार ६ सय ५१
–लक्ष्मीनारायण तथा ओमकार्यश्वर मन्दिर पार्क तथा पुर्बाधार निर्माण ११ करोड ९८ लाख १८ हजार ५ सय २५

यसैबिच प्रचण्डकै पहलमा चितवन निर्बाचन क्षेत्र २ मा पनि ४९ करोड बजेट बिनियोजन भएर सडक निर्माणको काम भइरहेको छ। प्रचण्डको पहलमा निर्बाचन क्षेत्र नम्बर २ अनर्गतको रिङ रोडमा पर्ने बस पार्कदेखि आँपटारीसम्मको सडक स्तर उन्नतीको लागि १८ करोड बराबरको काम सकिएको र २२ करोड रकम बिनियोजनको क्रममा रहेको छ ।

प्रचण्डको पहलमा मठ, मन्दिर तथा बिभिन्न साना किसिमका आयोजनामासमेत ५ करोड भन्दा बढी रकम निकासा भएको सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!