३ कराेडकाे यार्सागुम्बा थन्कियाे काठमाडौंमा

बझाङ – चिनियाँ कम्पनीले किलोको पाँच लाख मूल्य घटाएपछि बझाङका व्यापारीको यार्सागुम्बा बिक्री भएको छैन । बझाङमा संकलन भएको यार्सा किनेर उनीहरु काठमाडौंमा चिनियाँ व्यापारीलाई बिक्री गर्छन् ।

बझाङमा प्रतिकिलो १५ देखि १६ लाख परेको यार्सालाई चिनियाँ व्यापारीदले १२ लाखमा मात्रै किन्ने भएपछि नेपाली व्यापारीदे बिक्री नगरेका हुन् । सुर्मा गाउँपालिकाका यार्सा व्यापारी उमेश काठमाडौं पु¥याएको १५ किलो यार्साको मूल्य घटेकाले बिक्री नभएको बताए । ‘मैले जिल्लामै प्रतिकिलो १७ देखि २० लाखका दरले खरिद गरेर काठमाडौं लगेको हुँ तर चिनियाँ व्यापारीले १२ लाखमा मात्रै किन्ने भनेपछि चिन्ता लागेको छ,’ उनले भने । उनको झण्डै तीन करोडको यार्सा काठमाडौंमै थन्किएको छ । यो समाचार जगदीश रोकायाले अन्नपुर्णमा लेखेका छन् 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!