२४ औं दिनमा डा. केसीले अनशन तोडे

काठमाडौं, माघ १८ । १६ औँ अनसनमा बसेका डा. गोविन्द केसीले आज अनसन तोडेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर उनले अहिलेलाई आफ्नो अनसन स्थगित गरेको जानकारी दिएका हुन् ।

नागरिक समाजका अगुवाहरुको आग्रहलाइ स्वीकार गर्दै डाक्टर गोविन्द केसीले २४ दिन लामो सत्याग्रह हाललाई स्थगन गर्ने निर्णय लिएको बताए । उनलाई पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्व सभामुख दमननाथ ढुङ्गाना तथा अस्पतालमा सरसफाइ गर्ने कर्मचारीले जुस खुवाएर अनसन तोडाएका हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!